Site icon Anand Khabar

बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन रहेको छ। सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको  हो। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने बिहीबार परेको समितिले जनाएको छ। मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न जाने गर्छन्। साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डा. देवमणि भट्टराईले  जानकारी दिए। यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो।

Exit mobile version