Site icon Anand Khabar

‘नेपाल प्रहरी एउटा जीवन्त संगठन हो’ गृहमन्त्री 

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता तथा स्वाधीनतालाई अक्षुण्ण राख्दै नागरिकको सार्वभौम अधिकारको रक्षाका लागि नेपाल प्रहरीले निष्ठापूर्ण योगदान गरेको बताए । राष्ट्रसेवामा नेपाल प्रहरीका पदचापहरूले बाटो नबिराउने र कहीँ कतै नसुस्ताउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

गृह प्रशासनको पुरानो र लामो अनुभवी संस्था नेपाल प्रहरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यस संगठनको भूमिका र कार्यशैलीले नेपालको आन्तरिक सुरक्षा मजबुत बनाएको बताए । ‘स्थापनाकालदेखि विविध प्रकृतिका घटनाक्रमका तीतामिठा अनुभव र अनुभूति प्रहरी सङ्गठनसँग रहेका छन्,’ उनले भने, ‘तत्कालीन सशस्त्र द्वन्द्वको समयमा अग्र भागमा नेपाल प्रहरी रहेको थियो, नेपालमा विभिन्न समयमा भएका राजनीतिक परिवर्तनका आन्दोलनलाई शान्तपूर्वक व्यवस्थापन गर्न यो सङ्गठन अग्रभागमा रहेको इतिहास हामीसामु छ ।

Exit mobile version