Site icon Anand Khabar

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन र यसको कार्यकारी प्रधानमन्त्री हसिनाले गरेका र उहाँसहित अन्य अभियुक्तलाई पक्राउ गरी अनुसन्धान गर्न आवश्यक भएकाले पक्राउ पुर्जी जारी गरिएको इस्लामले बताए। हसीनाको शासन ढलेपछि उनका दर्जनौं सहयोगीलाई हिरासतमा लिइएको थियो र उनलाई सत्ताच्युत गर्ने आन्दोलनका क्रममा ७०० भन्दा बढी व्यक्तिको ज्यान जाने गरी भएको प्रहरी कारबाहीका लागि दोषी ठहर भएको आरोप हसिना प्रशासनलाई लागेको छ। पूर्वप्रधानमन्त्री शेख हसिना गत अगस्टमा भारत पलायन भएकी थिइन्। उनको नेतृत्वको सरकारविरुद्धको विद्रोहमा ज्यान गुमाएका सयौँमध्ये एकका आफन्तले आफूहरू मुद्दाको सुनुवाइको प्रतीक्षामा रहेको बताएका छन्। 

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

Exit mobile version