Site icon Anand Khabar

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको अत्यधिक चाप हुने गर्छ। बागमती प्रदेश सरकारले वैकिल्पक रूपमा यी दुई नाकालाई विकसित गरिरहेको छ। मधेश प्रदेशको सर्लाही, बारा, रौतहट, पर्सा र बगमती प्रदेशमा पनि मकवानपुरको अलावा पूर्वी चितवनको रत्ननगरदेखि यो रुटमा सवारी साधन सञ्चालनमा थिए। रुटमा चल्ने सयौं सवारी साधनले हजारौंलाई दैनिक काठमाडौंसँग नजिक बनाइदिएको छ। बर्दिबास, महोत्तरीबाट बीपी राजमार्ग हुँदै सिन्धुली–काभ्रे–भक्तपुर नाकाको बाटो अवरुद्ध भएपछि स्वाभाविक रूपमा यही नाका नै प्रयोगमा थिए। योसँगै मकवानपुर–ललितपुरको चापागाउँ जोड्ने कान्ति राजपथ पनि सञ्चालनमा छ। हेटौंडा–नारायणगढ–मुग्लिन–मलेखु–काठमाडौं र हेटौंडा–पालुङ–नौबिसे–काठमाडौं मार्गको वैकल्पिक मार्गका रूपमा सिस्नेरी र फाखेल सडकलाई विकास गरिएकाले यो बाटो वर्षमा बढीमा एक दिनबाहेक अवरुद्ध नभई सञ्चालनमा थिए।

Exit mobile version