काठमाडौं बसेर पढिरहेका धनगढीका सुवर्ण खड्कालाई अघिल्ला वर्षहरुमा दशैंमा घर जाने बस चढ्दा मन चङ्गा हुन्थ्यो । तर यसपटक उनलाई दशैंको यात्रा पनि गह्रौं भारी बोकेर गर्नुपरेको यात्रा जस्तो लगिरहेको छ ।
‘बाटो सम्झिएर जानै मन छैन, नजाउँ भने वर्षदिनको चाड हो’ कलंकीमा रिजर्भ बस कुरिरहेका खड्का भन्छन्, ‘प्लेनको टिकट पाइएन । बाटोमा कति दुःख पाउने हो, थाहा छैन ।’
सुवर्ण जस्तै दशैंका लागि घर जान हिँडेका धेरैमा उत्साह उमंगभन्दा बढी डर र चिन्ता छ । असोज ११ र १२ को भारी वर्षासँगै आएको बाढी र पहिरोले राजमार्गहरुमा ठूलो क्षति भएको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । त्यसैले मध्यपहाडी राजमार्गको निर्णय नै भइसकेको छैन ।
त्यसैले काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका केही जिल्ला बाहेकका नागरिकलाई नागढुंगा नाकाबाट जानुको विकल्प छैन ।