Sunday, December 22, 2024
10.1 C
Kathmandu

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर भण्डारीसँग मिलेर रकम अपचलन गरेको उजुरी सहकारीले नै दिएको थियो । मितेरीका सञ्चालक बोधविक्रम थापाले साँवा र ब्याजसहित १४ करोड रकम हिनामिना गरेको आरोपमा ज्योति गुरुङ, धनराज गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा, प्रकाश यादव, दिनेश भण्डारीलाई आरोपी बनाइएको थियो । उजुरीमा कृपेश, अर्जुन, टेकेन्द्र र सरोज नामका व्यक्तिलाई पनि आरोपी बनाइएको थियो । तर, सत्तारूढ कांग्रेस उपसभापतिमाथि अहिलेसम्म अनुसन्धान भएको छैन । 

त्यस्तै संसद्को सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेल पनि श्रीमतीलाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोप छ । सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अञ्जलासहित सञ्चालक कालोसूचीमा परेका छन् । पीडितले नामै तोकेर उजुरी दिए पनि कोशी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले प्रहरीमा फाइल पठाउँदा अञ्जलाको नाम गायब पारेको छ ।

सहकारी सञ्चालकहरूका अनुसार नेता पोखरेलले शिक्षकसमेत रहेकी पत्नी अञ्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए । करिब पाँच हजार बचतकर्ता रहेको उमारी सहकारी करिब डेढ वर्षदेखि बन्द छ । स्थापनाकालदेखिका सबै कागजपत्र गायब पारिएको बचतकर्ताको भनाइ छ । २०७२ देखि सञ्चालक रहेकी अञ्जला सहकारी संकटमा पर्न थालेपछि २०७८ मा संस्थाबाट अलग भएकी थिइन् । अध्यक्ष शम्भुप्रसाद रौनियार ‘चेक बाउन्स’ मुद्दामा पक्राउ परेका थिए । सहकारीपीडितले अञ्जलासमेत विरुद्ध कोशी प्रदेशको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएका थिए । रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको छ । तर, सर्वसाधारण बचतकर्ताले दिएको उजुरीमा नाम भए पनि सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई लेखेको पत्रमा भने पोखरेल पत्नीको नाम गायब पारिएको छ ।

Hot this week

नेकपा (एमाले) सचिवालय बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा

आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन...

‘नेपाल प्रहरी एउटा जीवन्त संगठन हो’ गृहमन्त्री 

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री...

Topics

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन...

‘नेपाल प्रहरी एउटा जीवन्त संगठन हो’ गृहमन्त्री 

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री...

बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा बडादसैँको टीका र जमरा...

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु १२ जना घाइते

डडेल्धुरामा अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८...

शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ राष्ट्र द्वारा भर्त्सना

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा योगदान गर्दै आएका नेपालसहित ३४...
spot_img

Related Articles

Popular Categories

spot_imgspot_img