Monday, July 14, 2025
26.1 C
Kathmandu

दसैँको दोस्रो दिन : मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने क्रम जारी

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् ।

आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ । जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ भनी ती ग्रन्थमा लेखिएको पण्डित बालमुकुन्द देवकोटाले जानकारी गराए ।

एकादशीको व्रतको समानता गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन् । हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ ।

यो व्रत नगर्दा पाप बाँकी रहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ । कलिकालमा मनुष्यहरुले दुर्लभ यो चोलालाई सुलभ बनाउन यो व्रत बस्नु उचित मानिन्छ ।

यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिँढी, बाबुपक्षका दश पिँढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिँढी त्यसपछि विगतका स्त्री र पुरुषलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठमा बास गराइदिने विशवास पनि गरिन्छ । बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ ।यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ ।

Hot this week

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी।

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी। त्रिनेत्रा त्रिशूलधारा महिषासुरसंहन्त्री जगन्नाथि। ह्रीं बीजधारा...

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर...

नेकपा (एमाले) सचिवालय बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा

आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

Topics

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी।

कात्यायनि त्वं परब्रह्म स्वामिनी भगवान्मयी। त्रिनेत्रा त्रिशूलधारा महिषासुरसंहन्त्री जगन्नाथि। ह्रीं बीजधारा...

धनराज र ऋषिकेश सहकारी अपचलनमा मुछिए पनि अनुसन्धान भएन

धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर...

पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइए

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी...

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ

वैकल्पिक नाकाका रूपमा फर्पिङ–सिस्नेरी–कुलेखानी नाका र फर्पिङ–फाखेल–कुलेखानी नाकामा यातायातको...

पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी

नरसंहार, हत्या र मानवताविरुद्धको अपराध गर्नेहरूको नेतृत्व तत्कालीन प्रशासन...

‘नेपाल प्रहरी एउटा जीवन्त संगठन हो’ गृहमन्त्री 

नेपाल प्रहरी एउटा जीवन्त संगठन भएको उल्लेख गर्दै गृहमन्त्री...

बडादसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा बडादसैँको टीका र जमरा...
spot_img

Related Articles

Popular Categories

spot_imgspot_img