धनगढी स्थित पदमा अस्पताल नजिकैबाट प्रहरीले ८ लाख १४ हजार बराबरको मोबाइल कभर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।
आइतबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारतीय नाकाबाट भन्सार छलेर ल्याएका अवस्थामा एन्ड्रोइड र आइफोनका कभरहरू बरामद गरेको हो।
थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले ८ लाख १४ हजार बराबरको मोबाइल कभर बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए। आइतबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले भारतीय नाकाबाट भन्सार छलेर ल्याएका बेवारिसे अवस्थामा एन्ड्रोइड र आइफोनका कभरहरू बरामद गरेको हो। थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा पठाउने प्रहरीले जनाएको छ।