आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयहरूमा छलफल गर्न बैठक बोलाएका बैठकमा समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।